PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बजेटका लागि समय नभएकाले ७६ (५) मा जानु परेको प्रधानमन्त्रीको स्पष्टोक्ति



पहिलोपोस्ट

बजेटका लागि समय नभएकाले ७६ (५) मा जानु परेको प्रधानमन्त्रीको स्पष्टोक्ति

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठन प्रक्रियामा जानुको कारण खुलाएका छन्।

बालुवाटारमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले फेरि विश्वासको मत पाउने अवस्था नभएको र विश्वासको मतको प्रक्रियामा जाँदा बजेट प्रभावित हुने भएकाले संविधानको धारा ७६ (५) अन्तर्गतको नयाँ सरकार गठन प्रक्रियामा अघि बढेको स्पष्टीकरण दिए।

‘जेठ १५ भित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता छ। त्यसअगावै साताअघि नीति तथा कार्यक्रम ल्याउनुपर्छ। आज ७ गते भइसक्यो। विश्वासको मतको प्रक्रियामा जाँदा १२/१४ गते पुग्छ। १४ गते नयाँ सरकार आएर नीति तथा कार्यक्रम कसरी ल्याउँछ। बजेट कसरी ल्याउँछ?’ओलीले प्रश्न गरे, ‘समय नभएकाले हामी अगावै वैकल्पिक सरकारको बाटोमा अघि बढेका हौं।’

ओलीले समय नै नभएकाले आज साँझ ५ बजेसम्मलाई समय दिइएको संकेत पनि गरे। ओलीले संसद विघटन गर्ने आफ्नो कुनै उद्देश्य नभएको पनि दाबी गरे। वैकल्पिक सरकार बनाउन आह्वान गर्दै प्रश्न, ‘कसरी संसद विघटन हुन्छ? महामारीको बेला सस्तो राजनीति उपयुक्त छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell