काठमाडौं: जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक स्थगित भएको छ।
जेठ ८ र ९ बस्ने भनेर बोलाइएको बैठक अध्यक्ष महन्थ ठाकुरले स्थगित गरेका हुन्। जेठ ४ गते ठाकुर र उपेन्द्र यादवबिच सहमति भएर बैठक आह्वान गरिएको थियो।
कोभिड १९ महामारीको बढ्दो अवस्थालाई देखाएर बैठक स्थगित गरिएको हो।
