PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लोकतान्त्रिक खेलकुद बागमतीको ‘फाइट अगेन्स्ट कोभिड अभियान’



पहिलोपोस्ट

लोकतान्त्रिक खेलकुद बागमतीको ‘फाइट अगेन्स्ट कोभिड अभियान’

काठमाडौं: नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले कोभिड १९ संक्रमण ब्यवस्थापन तथा संक्रमित खेलाडी, प्रशिक्षक, निर्णायक र खेल पत्रकारहरुको सहयोगका लागि फाइट अगेन्स्ट कोभड १९ अभियान सुरु गरेको छ।

कोभिडले महामारी खेल क्षेत्रका कयौं ब्यक्तित्वहरुलाई गुमाइ सकेको र कतिपय यसको संक्रमणमा परि रहेकोले यसमा सहयोग गर्ने निर्णय सहित अभियान संचालन गर्ने निर्णय गरेको नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश अध्यक्ष दीपक गुरुङ्गले बताए।

यस अभियानलाई ब्यवस्थित गर्नका लागि काठमाण्डौ खेलकुद समाजको संयोजनमा एक मेडिकल टिमको समेत गठन गरेको जनाएको छ। उक्त टिमले संक्रमित भई घरमा रहेका खेलाडी, प्रशिक्षक, निर्णायक र खेल पत्रकारहरुको स्वास्थ्य चेकजाँच गर्ने, आवश्यक भिटामिन तथा औषधी उपचारको प्रवन्ध गर्ने र आवश्यक परेको खण्डमा घरमानै पीसीआर परीक्षणको समेत ब्यवस्थापन गर्ने अध्यक्ष गुरुङ्गले बताए। अभियानको सुरुवात पहिलो चरणमा काठमाण्डौ, भक्तपुर र ललितपुरमा गरिने बताइएको छ। ओलम्पिक, एशियन, साग तथा राष्ट्रिय खेलकुदमा मेडल प्राप्त गरेका खेलाडी, प्रशिक्षक, निर्णायक र खेलपत्रकारहरुले सेवा प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell