PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

जसपाभित्र रडाको : महन्थले गरे बैठक स्थगित,  यादवले राखे जारी



पहिलोपोस्ट

जसपाभित्र रडाको : महन्थले गरे बैठक स्थगित,  यादवले राखे जारी

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबिचको तिक्तता फेरि उत्कर्षमा पुगेको छ।

प्रधानमन्त्री केपी शर्मा  ओली नेतृत्वको सकारलाई समर्थन गर्ने/ नगर्ने विषयमा सुरु भएको विवाद झनै बढ्न थालेको हो। अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवबिच भएको वार्तापछि विवाद केही कम भएको बताइएको भए पनि शुक्रवार जसपाका नेताहरुले पार्टी फुटको स्थितिकै संकेत गरे।

ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले संसदीय दलको बैठक बोलाएकोमा यादव पक्ष बेखवर रह्यो। यस्तै, जेठ ८ र ९ गतेका लागि बोलाइएको केन्द्रीय कार्यकारिणी परिषदको बैठक स्थगित गर्ने नगर्ने बारमा विवाद चर्किएको छ।

ठाकुरले शुक्रवार बैठक स्थगित गरेकोमा यादवले बैठक स्थगित नभएको भन्दै विज्ञप्ति जारी गरेका छन्। बैठक ठाकुर-यादवको सहमतिमा बोलाइएको थियो। अरुको सरकारमा नजाने बरु आफैँले सरकारको दाबी गर्ने जसपाले सहमति गरेको भए पनि राष्ट्रपतिले नयाँ सरकारका लागि गरेको आह्वान पछि दुवै समूह फरक कित्तामा उभिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell