PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

निषेधाज्ञामा घर बसाइ मनोरञ्जनात्मक बनाउन 'डमरुको डण्डिवियो', हेर्नुस् नि:शुल्क



पहिलोपोस्ट

निषेधाज्ञामा घर बसाइ मनोरञ्जनात्मक बनाउन 'डमरुको डण्डिवियो', हेर्नुस् नि:शुल्क

काठमाडौं : फिल्म ‘डमरुको डण्डिवियो’ नि:शुल्क हेर्न पाइने भएको छ। कोभिड-१९ को दोश्रो लहरसँगै भएको निषेधाज्ञाको समयमा नेपालमा बस्ने दर्शकका लागि सिनेमाघर एपमा फिल्म राखिएको हो।

खगेन्द्र लामिछाने, मेनुका प्रधान लगायतका कलाकारहरुको अभिनय रहेको फिल्मलाई छेतेन गुरुङले निर्देशन गरेका हुन्। अभिनेता तथा सिनेमाघर एपका सञ्चालक खगेन्द्र लामिछानेले लकडाउनको समय मनोरञ्जना र यादगार बनोस् भनेर फिल्म हेर्न मिल्ने व्यवस्था गरेको बताए।

‘विश्वलाई नै त्रसित बनाइरहेको कोरोना भाइरसले पछिल्ला दिनमा नेपालीलाई झनै धेरै त्रसित बनाएको छ। हाम्रो लागि यो समय निकै नै कठीन र चुनौतीपूर्ण छ। घरमा बस्दा समय कटाउन गाह्रो हुन्छ। त्यो समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर फिल्म उपलब्ध गराएका हौं,' लामिछानेले भने।

बिस्तारै अरु देशमा रहेका दर्शकको लागि पनि सुविधा उपलब्ध गराउँदै लाने सिनेमाघर एपका कार्यकारी अधिकृत सागर खरेलले बताए।

‘डमरुको डन्डीबियो हाम्रो एपमा एकदमै रुचाइएको फिल्म हो। हामीले अहिलेसम्म यस्लाई ‘पेड सर्भिस’को रुपमा राखेको थियौं। सबैभन्दा धेरै किनेर हेरिएको फिल्म भएपनि हामीले यो लकडाउनको अवस्थामा सबैलाई मनोरंजन होस् भन्ने हेतुले नि:शुल्क गरेको छौँ’, खरेलले बताए।

चलचित्र हेर्नको लागि एप स्टोरमा गएर सिनेमाघर एप अपडेट गर्नु पर्ने हुन्छ। सिनेमाघर एप एण्ड्रोइड, आइओस, अमेजन फायर टिभी, एण्ड्रोइड टिभी लगायतमा उपलब्ध छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell