PahiloPost

Aug 14, 2026 | २९ साउन २०८३

रेस्क्यू म्युजिक अवार्ड हुँदै



पहिलोपोस्ट

रेस्क्यू म्युजिक अवार्ड हुँदै

काठमाडौं : ‘रेस्क्यू म्युजिक अवार्ड’ हुने भएको छ। विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय रेस्क्यू क्रियशनले अवार्ड आयोजना गरेको हो।

संस्थाका निर्देशक समन अधिकारीले दशकौंको म्युजिक भिडियो निर्माणको अनुभवपछि वास्तविक स्रष्टाको उच्च कदर गर्न अवार्ड कार्यक्रम आयोजना गर्न लागेको बताए। ‘अहिले कोभिड संक्रमण अवस्था भएकोले यस समयमा हामी यसको तयारीमा जुटेका छौं। विश्वभरी छरिएर रहेका नेपाली गीत संगीतलाई माया गर्ने सबैलाई अवार्डमा समेट्ने प्रयास गर्नेछौं’, उनले भने।

समनका अनुसार अवार्ड यस वर्षको अन्त्यमा नेपालमा र अर्को वर्ष युरोपमा हुनेछ। प्रारम्भिक चरणमा अवार्डमा नेपाली आधुनिक गीत, लोक दोहोरी र फिल्म गरेर १५ वटा विधामा अवार्ड दिइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell