PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

राष्ट्रपति कार्यालयको गेटमा ५ मिनेट रोकिएपछि भित्र पस्यो नेताहरुको गाडीको लर्को, प्रममा देउवाको दावेदारी

राष्ट्रपति कार्यालयको गेटमा ५ मिनेट रोकिएपछि भित्र पस्यो नेताहरुको गाडीको लर्को, प्रममा देउवाको दावेदारी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलका नेतालाई बहुमत पुर्‍याएर सरकार बनाउन चुनौती दिएको दुई घन्टामै राष्ट्रपति भवन शीतल निवासको गेटमा नेताहरुको गाडीको लर्को देखियो। प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रस्ताव सहित १ सय ४९ जना सांसदको हस्ताक्षर सहित उनीहरु ओलीको चुनौती सामना गर्न शीतल निवास पुगेका हुन्।

सिंहदरबारमा बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरुको बैठकले प्रधानमन्त्रीमा देउवाको दावेदारी हुने निर्णय गरेको थियो। त्यही अनुसार हस्ताक्षर संकलन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो दिएको समयभन्दा झन्डै डेढ घन्टा अगाडि दावेदारी प्रस्तुत गर्न पुगेका हुन्।

राष्ट्रपति भण्डारीले आज ५ बजेसम्म 'डेडलाइन' तोकेकी थिइन्। दिउँसो १२:३० देखि झन्डै २ घन्टा केपी शर्मा ओलीले पत्रकारहरुसँग बालुवाटारमा छलफल गरेका थिए। उनले पटक पटक विपक्षीहरुले काम गर्न नदिएको आरोपमात्र लगाएनन् सक्ने भए प्रधानमन्त्रीका लागि दावेदारी पेश गर्न समेत चुनौती दिएका थिए। उनले ५ बजेसम्म कसैले दावी नगरे आफ्नै दावेदारी रहने समेत बताएका थिए। 

सिंहदरबारट बाट छुटेको शीर्ष नेताहरुको गाडी पानीपोखरी मोडबाट शीतल निवासमा पुग्दा सुरक्षाकर्मीले ५ मिनेट बाहिरै रोकेका थिए। त्यसपछि भने सबै गाडी राष्ट्रपति कार्यालय प्रवेश गरेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell