PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

विपक्षी 'गठबन्धन' भन्दा पहिले नै राष्ट्रपतिकहाँ पुगेका ओली, बाहिरिए शीतल निवासबाट



पहिलोपोस्ट

विपक्षी 'गठबन्धन' भन्दा पहिले नै राष्ट्रपतिकहाँ पुगेका ओली, बाहिरिए शीतल निवासबाट

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवासबाट बाहिरिएका छन्। विपक्षी गठबन्धनले प्रधानमन्त्रीमा शेरबहादुर देउवाको नाम तय गरेको छ। त्यसको पत्रसहित दावी पेश गर्न पुग्दा त्यस अघि नै प्रधानमन्त्री ओली राष्ट्रपतिकहाँ पुगिसकेका थिए।

विपक्षी मोर्चाको निर्णय र राष्ट्रपति कार्यालयमा दावीपत्र दर्ता गर्न पुगेको टोलीभन्दा अगाडि नै राष्ट्रपतिलाई भेट्न पुगेका थिए ओली। आजमात्रै ओलीले विपक्षी दललाई सरकार बनाउन चुनौती दिँदै आफू सिर्जनात्मक सहयोगीका रुपमा प्रतिपक्षमा रहन सक्ने बताएका थिए।

हिजैदेखि सक्रिय भएका विपक्षीहरुले मध्य दिनसम्म कुनै निष्कर्ष निकालिरहेका थिएनन्। त्यसैका आधारमा प्रधानमन्त्री ओलीले पत्रकारहरु बिच बालुवाटारमा निक्कै 'कन्फिडेन्स' देखाएका थिए।

तर, एकाएक विपक्षी मोर्चाका नेताहरु बिच देउवालाई प्रधानमन्त्री बनाउने तय भयो। उनीहरु पत्र लिएर शीतल निवास पुगेका थिए। उनीहरु शीतल निवास पुग्दा प्रधानमन्त्री ओली राष्ट्रपतिसँग छलफलमा रहेकाले केही समय कुर्न परेको थियो।

विपक्षी नेताहरु शीतल निवास पुगेको केही समयपछि ओली बाहिरिएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell