PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

माओवादी नेतामाथि गोली प्रहार गर्ने २ जना पक्राउ



पूजा पन्थी

माओवादी नेतामाथि गोली प्रहार गर्ने २ जना पक्राउ

बुटवल : नेकपा माओवादी केन्द्रका नेता दीपक पाण्डेय र इलास अख्तर मुसलमानलाई गोली प्रहार गरेको घटनामा संलग्न रहेकोको अरोपमा दुई जनालाई कपिलवस्तु प्रहरीले सार्वजनिक गरेको छ।

कपिलबस्तु नगरपालिका १ का आन्नदबाखका ३९ वर्षीय ओमप्रकाश यादव र वडा नम्बर २ सगरटोलका ३३ बर्षीय साकीर अली पाखियालाई प्रहरीको विशेष अनुसन्धान टोलीले नियन्त्रणमा लिएर आज सार्वजनिक गरिएको हो।

नेता पाण्डेयसँगको व्यक्तिगत दुश्मनीका आधारमा यादवले गोली हानी हत्या गर्ने योजना बनाएको अनुसन्धानमा खुलेको छ।

योजनाअनुसार लु १६ प ३४९७ को नम्बरको मोटरसाइकलमा पाखियालाई चढाएर गोली प्रहार गरेको कपिलवस्तु प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell