PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

निम्बस समूहले नेपाल प्रहरीलाई दियो १ लाख मास्कसहित अन्य स्वास्थ्य सामग्री



पहिलोपोस्ट

निम्बस समूहले नेपाल प्रहरीलाई दियो १ लाख मास्कसहित अन्य स्वास्थ्य सामग्री

वीरगंज : वीरगंजको व्यापारिक प्रतिष्ठान निम्बस समूहले नेपाल प्रहरीलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। प्रहरी प्रधान कार्यालय काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निम्बसले अग्रणी भूमिकामा रहेका सेवा गर्ने नेपाल प्रहरीको सुरक्षाको लागि स्वास्थ्य सामग्री प्रदान गरेको हो।

निम्बस समूहका प्रबन्ध निर्देशक आनन्दकुमार बगारियाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई उक्त स्वास्थ्य सामग्री सहयोग गरेका थिए। हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरुमा १ लाख थान सर्जिकल मास्क, १० हजार थान एन-९५ मास्क र ८० लिटर स्यानिटाइजर छ।

नेपाल प्रहरीका देशभरका लागि आवश्यक पर्ने मास्क र सेनिटाइजर आगामी दिनमा पनि सहयोग गरिराख्ने समूहको नीति अनुरुप पहिलो चरणमा उक्त सामग्री उपलब्ध गराइएको प्रबन्ध निर्देशक बगरियाले जानकारी गराए। हस्तान्तरण कार्यक्रममा प्रोबायोटेक इण्डष्ट्रिज प्रालिका प्रमुख कार्यकारी निर्देशक डा दिनेश गौतम, निम्बस समूहका प्रशासन प्रमुख ओमप्रकाश बैठाको उपस्थिति थियो।

यसैबीच, निम्बसले महामारीविरुद्ध लड्ने संगठन, स्वयंसेवक, र अग्रपंक्तिमा रहेर सेवा गर्ने संघसंस्थालाई ‘प्रो-टेक्ट’को मास्क र स्यानिटाइजर सहयोग स्वरुप उपलब्ध गराउने आश्वासन दिएको छ।

समूहले अस्पताल, क्वारेन्टाइन सेन्टर, अग्रपंक्तिमा रहेर सेवा दिनेहरु, स्वयंसेवक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरकारी निकायलगायतलाई प्राथमिकतामा राखेर मास्क र स्यानिटाइजर बाँड्ने तयारी गरेको हो। यी मास्क र स्यानिटाइजर कम्पनीले आफ्नो अनलाइन सेवा (लिंक) मार्फत सम्बन्धित स्थानमा पुर्‍याउने जनाएको छ।

प्रो-टेक्ट निम्बसको स्वास्थ्य र सरसफाई ब्राण्ड हो, जसले उच्च गुणस्तरको एन्टि माइक्रोबाइल केएन-९५ मास्क, ३ पीएलवाई मास्क र विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको ७६ प्रतिशत इथानोल रहेको स्यानिटाइजर उत्पादन गर्दछ। आफूलाई आवश्यक परेको संख्या उल्लेख गरेर संगठन र स्वयंसेवकहरुले मास्क र स्यानिटाइजरका लागि निवेदन दिन ९८२८०९१६९१ मा सम्पर्क गर्न सक्ने निम्बसले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell