PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

विश्वासको मत पाउने आधार नभएको भनेर फेरि दावी गर्नु गलत : रमेश लेखक



पहिलोपोस्ट

विश्वासको मत पाउने आधार नभएको भनेर फेरि दावी गर्नु गलत : रमेश लेखक

काठमाडौं : नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ (५) अन्तर्गत नयाँ सरकारका लागि दाबी गर्न नमिल्ने बताएका छन्।

७६ (३) मा रहँदै विश्वासको मत पाउने आधार नभएको भनेर ७६ (५) को लागि मार्ग प्रशस्त गरेका ओलीले फेरि आफै दाबी गर्न जानु संवैधानिक, कानूनी, नैतिक र राजनीतिक आधारले नमिल्ने लेखकको तर्क छ।

‘प्रधानमन्त्री ओलीजीसंग प्रतिनिधिसभाबाट विश्वासको मत लिने अवसर थियो। तर उहाँ आफैंले म विश्वासको मत लिन सक्दैन भनि अर्को सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई मन्त्रिपरिषद्को निर्णय समेत गरी अनुरोध गरेका हुनाले राष्ट्रपतिले अर्को सरकार गठनको प्रक्रिया शुरू गरे,’ लेखकले फेसबुकमा लेखेका छन्, ‘फेरि ओली नै प्रधानमन्त्री दावी गर्न जानु संवैधानिक, कानूनी, नैतिक र राजनितिक कुनै पनि आधारमा मिल्दैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell