PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

वीरगंजमा थप १ जना कोरोना संक्रमितको मृत्यु, १०० जनामा संक्रमण पुष्टि



पहिलोपोस्ट

वीरगंजमा थप १ जना कोरोना संक्रमितको मृत्यु, १०० जनामा संक्रमण पुष्टि

वीरगंज : वीरगंजमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका-१ का ४५ वर्षीय पुरुष रहेका छन्।

शुक्रवार साँझ सवा ५ बजे नारायणी अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो। २७ बैशाखमा गौर अस्पतालमा एन्टिजिनबाट पोजेटिभ देखिएका उनलाई जेठ ३ गते स्वास्थ्य जटिल बन्दै गएपछि नारायणी अस्पतालमा भर्ना गरिएको थियो।

उनको दुवै फोक्सो कोभिड निमोनियाको कारण खराब भएर श्वासप्रश्वासमा समस्या आएपछि मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यसैगरी, शुक्रवार वीरगंजमा २८८ जनाको स्वाब नमुना परीक्षण गर्दा एक सय जनामा कोरोना पहिचान भएको अस्पतालका कोभिड फोकल पर्सन डा सरोजरोशन दासले जानकारी दिए। उनका अनुसार ६ वर्षदेखि ७८ वर्ष उमेर समूहका ५९ पुरुष र ४१ महिला संक्रमण देखिएको हो। जसमा पर्साका ७५, बाराका १६, रौतहटका ५, सर्लाहीका ३ र धनगढीका १ गरी सय जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell