PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

मध्यरातमा बोलाइयो मन्त्रिपरिषद् बैठक, राष्ट्रपतिको पत्र लगत्तै मन्त्री पुगे बालुवाटार



पहिलोपोस्ट

मध्यरातमा बोलाइयो मन्त्रिपरिषद् बैठक, राष्ट्रपतिको पत्र लगत्तै मन्त्री पुगे बालुवाटार
फाइल फोटो

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। संविधानको धारा ७६(५) अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले दाबीकर्ता प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवा दुबैलाई नियुक्ति अस्वीकार गरेपछि ओलीले बैठक बोलाएका हुन्। 

बैठक बोलाएपछि मध्यरातमा मन्त्रीहरु बालुवाटार पुगेका छन्। 

नयाँ प्रधानमन्त्री चयन गर्न असफल भएसँगै प्रतिनिधि सभा विघटन हुने चर्चाबीच बैठक बोलाइएको हो। तर, कार्यसूचीबारे मन्त्रीहरुले जानकारी नभएको बताएका छन्। 

यसअघि साँझ ७ बजे पनि मनित्रपरिषद् बोलाइएको भने पनि बसेको थिएन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell