PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

उपनिर्वाचनमा पार्टीको ह्वीप उल्लंघन गर्ने प्रदेश सांसदलाई कारवाही गर्ने मुख्यमन्त्री पौडेलको तयारी, डाके बोर्ड बैठक



निशा गुरुङ

उपनिर्वाचनमा पार्टीको ह्वीप उल्लंघन गर्ने प्रदेश सांसदलाई कारवाही गर्ने मुख्यमन्त्री पौडेलको तयारी, डाके बोर्ड बैठक

हेटौंडा : नेकपा एमाले वाग्मती प्रदेश संसदीय बोर्डको बैठक आज (शनिबार) बोलाइएको छ। मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा हुन लागेको बैठक बिहान ११ बजे सुरु हुने जनाइएको छ।

बैठकमा बिहीवार सम्पन्न राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादलविरुद्ध लागेका प्रदेश सभा सदस्यहरुलाई स्पष्टीकरण सोध्ने र कारवाही प्रक्रिया अगाडि बढाउने विषयमा छलफल हुने बताइएको छ। उपनिर्वाचनमा पार्टीको ह्वीप उल्लंघन गरी प्रदेश सांसदहरुले विपक्षी उम्मेदवार डा खिमलाल देवकोटालाई मतदान गरेका थिए।

पार्टी अध्यक्ष केपी ओलीको निर्देशनअनुसार बोर्डका अध्यक्षसमेत रहेका मुख्यमन्त्री पौडेलले सांसदलाई कारबाही गर्ने प्रक्रिया अगाडि बढाउन बताइएको छ। बोर्डका सदस्यलाई बैठकको एजेण्डा नदिइए पनि निर्वाचनमा धोका दिनेहरुलाई करबाही प्रक्रिया अघि बढाउने नै रहेको एक सांसदले जानकारी दिए।

बैठकले उपनिर्वाचनमा पार्टीको नीति, विधी ,संसदीय परम्परा र राजनीतिक धर्म विपरीत विपक्षी उम्मेदवारलाई मतदान गर्ने प्रदेश सांसदहरु माथि कारवाहीको प्रक्रिया शुरु हुने संसदीय बोर्डको सचिवसमेत रहेका नेकपा एमाले वाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell