A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6ab27e670217b2.58574948): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6ab27e670217b2.58574948,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

भेन्टिलेटरसहित स्वीट्जरल्यान्डबाट आयो ९४ करोड बराबरको स्वास्थ्य सामाग्री, स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण
PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

भेन्टिलेटरसहित स्वीट्जरल्यान्डबाट आयो ९४ करोड बराबरको स्वास्थ्य सामाग्री, स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

भेन्टिलेटरसहित स्वीट्जरल्यान्डबाट आयो ९४ करोड बराबरको स्वास्थ्य सामाग्री, स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : स्वीट्जरल्यान्ड सरकारले पठाएको कोभिड-१९ विरुद्ध प्रयोग गरिने स्वास्थ्य सामाग्री काठमाडौं आइपुगेका छ। ८० लाख अमेरिकी डलर अर्थात करिब ९४ करोड नेपाली रुपैयाँ बराबरको उक्त स्वास्थ्य सामग्री स्वीस राजदूत एलिजाबेथ भोन क्यापेलरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेकी छन्।

विनासकारी कोभिड-१९ संकटसंग लड्न अत्यावश्यक स्वास्थ्य सामग्रीबारे नेपालले गरेको आग्रहमा स्वीट्जरल्याण्डले यो सहयोग उपलब्ध गराएको नेपालस्थित स्विज राजदूतवासले जनाएको छ।

स्वीट्जरल्यान्डबाट आइपुगेको स्वास्थ्य सामग्रीमा ४० थान भेण्टिलेटर, अक्सिजन कन्सेन्ट्रेटर, ११ लाख र्‍यापिड एण्टिजेन टेस्ट, १ लाख १० हजार केएन ९५ मास्क, ५० हजार पञ्जा र १५ हजार पीपीई छन्। कोरोनाविरुद्धको महामारीमा नेपालीकै साथमा स्वीट्जरल्यान्ड रहेको राजदूत क्यापेलरले बताइन्।

'स्विटजरल्याण्ड कोभिड-१९ महामारीविरुद्धको लडाइमा नेपाल र नेपालीहरूसंग ऐक्यवद्धतामा उभिन्छ। यी अत्यावश्यक स्वास्थ्य सामग्रीले मानिसहरूको ज्यान बचाउछ र महामारी नियन्त्रण गर्न र रोक्न नेपाल सरकारलाई बप सघाउ पुर्‍याउनेछ,' राजदुत क्यापेलरले भनिन्।



ट्रेन्डिङ पोस्ट

Ncell