PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

ओलीप्रति आक्रोश बढ्दो, झलनाथ खनालको आग्रह : सबै मिलेर प्रतिरोध गरौँं



पहिलोपोस्ट

ओलीप्रति आक्रोश बढ्दो, झलनाथ खनालको आग्रह : सबै मिलेर प्रतिरोध गरौँं

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले प्रतिनिधिसभा विघटन विरुद्ध उत्रन आह्वान गरेका छन्।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटनको कदम विरुद्ध प्रतिवादमा उत्रन खनालले आह्वान गरेका हुन्। उनले ओलीको कदम प्रतिगामी र तानाशाही भएको भन्दै विरोध जनाएका छन्। फेसबुक मार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै खनालले लोकतान्त्रिक गणतन्त्र सखाप पार्न षड्यन्त्र भएको आरोप लगाए। खनालले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको कदम प्रतिगामी भएको तर्क गरेका  हुन्।

'राष्ट्रपति र प्रधानमन्त्रीबाट राज्यलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको छ। यो कदम कदापि क्षम्य हुने छैन। यो संविधान विरोधी, प्रतिगामी तानाशाही कदम हो। यो कदमको म घोर भर्त्सना गर्दछु र प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गर्दछु,' उनले भनेका छन्।

पुस ५ गते ओलीले पहिलो पटक प्रतिनिधिसभाको विघटन गरेका बेला तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट वरिष्ठ नेता माधवकुमार नेपाल र खनालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मोर्चाबन्दी गरेका थियो। ओलीले दोस्रो पटक गरेको विघटनको पनि नेपाल-खनाल समूहले विरोध जनाएको छ। विपक्षी गठबन्धनसँग सहकार्य गरेको नेपाल-खनाल समूहले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell