PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

विपक्षी गठवन्धनले जिल्ला बाहिर रहेका सबै सांसदलाई काठमाडौं डाक्यो



पहिलोपोस्ट

विपक्षी गठवन्धनले जिल्ला बाहिर रहेका सबै सांसदलाई काठमाडौं डाक्यो

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरात प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर चालेको असंवैधानिक कदमप्रति एकवद्ध भएको विपक्षी गठवन्धनले काठमाडौं बाहिर रहेका सबै आफ्ना सांसदलाई काठमाडौं बोलाएको छ।

आज संसद भवन बानेश्वरमा बसेको बैठकले कानुनी र राजनीतिक लडाईमा जाने निर्णय गरेको थियो। भोलि अदालत खुलेपछि सांसदको हस्ताक्षरसहित राष्ट्रपति र प्रधानमन्त्रीको निर्णय विरुद्ध सर्वोच्च अदालत जाने निर्णय गरेसँगै उनीहरुलाई काठमाडौं बोलाइएको हो।

'भोलि नै सांसदको बैठक बस्छ, कानुनी परामर्श हुन्छ र कानुनी बाटोमा जान्छौ,' माओवादी केन्द्रका नेता वर्षमान पुनले भने।

शुक्रवार नयाँ सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका १ सय ४९ जना सांसदको हस्ताक्षर गरेका थिए। आइतवार १ सय ४९ सांसदको हस्ताक्षर सहित अदालत जान लागेको हो।

शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा ओली र भण्डारीको कदम विरुद्ध कानुनी तथा राजनीतिक लडाइमा सहभागी हुने उल्लेख छ। 

'यस प्रतिगामी कदमबाट मुलुक नयाँ राजनीतिक धुबिकरण र जटिलतार्फ धकेलिएको छ। निर्वाचन नगराई आफ्नो निरंकुश सत्ता लम्ब्याउने दुराशयबाट घोषित आम निर्वाचनले कोरोना संक्रमणको महामारीको भयावह अवस्थाको सामना गरिरहेका जनताको जीवनलाई झन गम्भीर संकटमा धकेलिदिएको छ,' उनीहरुले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, 'यस्तो महामारीमा राजनीतिक जगत र सिंगो राष्ट्रलाई एकताबद्ध रुपमा अगाडि बढाउनु पर्नेमा जनप्रतिनिधि संस्थालाई विघटन गरी प्रधानमन्त्रीबाट अत्यन्त गैरजिम्मेवार कार्य भएको छ।'

शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव र दुर्गा पौडेलले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा ओली र भण्डारीको कदम विरुद्ध कानुनी तथा राजनीतिक लडाइमा सहभागी हुने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell