PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

बडो निरंकुश तरिकाले विघटन गरिएको छ, पहिलो इपिसोडमै देखाइसकेको हो : प्रचण्ड



पहिलोपोस्ट

बडो निरंकुश तरिकाले विघटन गरिएको छ, पहिलो इपिसोडमै देखाइसकेको हो : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्ध राजनीतिक र कानुनी लडाइ लडने बताएका छन्।

उनले पुस ५ गते पहिलोपटक ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयका विरुद्धमा जस्तै आन्दोलन गर्ने बताए। उनले १ सय ४९ सांसदको हस्ताक्षर लिएर सर्वोच्च अदालतमा जाने बताएका छन्। प्रचण्डले ओलीलाई पहिलोपटक नै लाखौं जनता सडकमा उतारेर देखाइसेको बताए।

'बडो निरंकुश तरिकाले विघटन गरिएको छ। त्यसको प्रतिवाद पनि त्यसरी नै सडक र अदालतमा गरिने छ,' उनले भने। उनले पहिलो इपिसोडमै आफूले ओलीलाई देखाएको बताएका छन्।

'नेपाली जनता पहिलो इपिसोडमै सकडमा आएर देखाइसकेको कुरा हो। कोरोनाको विरुद्धका उत्रिनुपर्ने बेला प्रधानमन्त्रीले दुर्घटनातिर लिनुभएको छ। स्थानीय तहदेखी नै प्रतिवाद हुने छ,' प्रचण्डले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell