PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

स्पष्टीकरणको विषयमा अष्टलक्ष्मी शाक्यले आपत्ति : मतदानको गोपनीयता उल्लङ्घन भयो



निशा गुरुङ

स्पष्टीकरणको विषयमा अष्टलक्ष्मी शाक्यले आपत्ति : मतदानको गोपनीयता उल्लङ्घन भयो

हेटौंडा : मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय बोर्डको बैठकले स्पष्टीकरण सोधेको बिषयमा आफूलाई कुनै पनि जानकारी नभएको अष्टलक्ष्मी शाक्यले बताएकी छिन्।

माधव नेपाल पक्षकी नेतृ शाक्यले स्पष्टीकरणको बारेमा आफूलाई कहीँ कतैबाट नसोधिएको र फोन सम्पर्क समेत नभएको दाबी गरिन्।

बिहीवार सम्पन्न राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर बादल विरुद्ध लागेका १४ जना प्रदेशसभा सदस्यहरूलाई स्पष्टीकरण सोध्ने निर्णय नेकपा एमालेको संसदीय बोर्डले गरेको छ।

उनले स्पष्टीकरणबारे प्रतिक्रिया दिँदै उपनिर्वाचनमा मतदान गर्दा कसैलाई देखाएर नगर्ने हुँदा स्पष्टीकरणको कुनै औचित्य नभएको बताइन्। 'यो ठाँडै गोप्य मतदानको उल्लङ्घन भयो, स्पष्टीकरणको कुनै आवश्यक नै छैन,' उनले भनिन्। उनले बोर्ड बैठकमा समेत आफूहरूलाई जानकारी नै नदिई एकलौटी बसेको आरोप लगाइन्।

उप निर्वाचनमा स्थानीय तहतर्फ २ सय ३३ मत खसेकोमा देवकोटाले १ सय २८ मत प्राप्त गरेका थिए। थापाले १ सय ३ मत प्राप्त गर्दा नेमकिपाका उम्मेदवारले दुई मत प्राप्त गरेका थिए। देवकोटाले स्वतन्त्र रूपमा उम्मेदवारी दिए पनि नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले नेपाल–खनाल समूहको समर्थन रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell