PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

अमेरिकाद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग



पहिलोपोस्ट

अमेरिकाद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग
Photo: USAID Nepal/Twitter

काठमाडौं : अमेरिकाले सहयोग गरेको स्वास्थ्य सामग्रीसहितको कार्गो विमान आज नेपाल आइपुगेको छ। तीनमध्ये पहिलो कार्गो विमान नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अन्य कार्गो विमान दुई दिन भित्रमा आउने बताइएको छ।

अमेरिकी दूतावास तथा यूएसएडका अधिकारीहरुले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलाई आज दिउँसो सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए। अमेरिकाले सर्जिकल मास्क, फेस सिल्ड, पञ्जालगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो। यसअघि यूएसएडले १०० युनिट भेन्टिलेटर, कोभिड परीक्षण सामग्री, अक्सिजन सम्बन्धी सामग्री, पीपीई लगायत अन्य स्वास्थ्य सामग्री सहयोग गरेको थियो।

यूएसएडले आइतवार एक हजार अक्सिजन सिलिन्डर स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने परराष्ट्रले जानकारी दिएको छ। अत्यावश्यक सामग्रीहरुले जीवन बचाउन तथा कोभिड-१९ उपचार, रोकथाम र नियन्त्रणमा मद्दत मिल्ने परराष्ट्रले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell