PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

राष्ट्रपतिको कदम अदालतको फैसला विपरीत, वैकल्पिक सरकार गठनको आधार छ : सभामुख



पहिलोपोस्ट

राष्ट्रपतिको कदम अदालतको फैसला विपरीत, वैकल्पिक सरकार गठनको आधार छ : सभामुख

काठमाडौं : सभामुख अग्निप्रसाद साकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको विघटन सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला विपरित भएको सापकोटाको दाबी छ।

उनले विज्ञप्ति जारी गर्दै पुस ५ गते भएको संसद विघटनको आन्दोलनको विपरित प्रधानमन्त्री र राष्ट्रपति गएको तर्क गरेका छन्।

‘राजनैतिक संघर्षको भावना एवं सर्वोच्च अदालतको संवैधानिक इजलासको २०७७ फागुन ११ गतेको फैसलाको विपरीत देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न नसकिने सापकोटाको दाबी छ।

‘राष्ट्रपति कार्यालयबाट २०७८ जेठ ७ गते जारी विज्ञप्ति नेपालको संविधान, राजनीतिक दल सम्बन्धि ऐन २०७३ र प्रतिनिधि सभा नियमावली २०७५ ले गरेको व्यवस्थासँग मेल खाएको देखिदैन,’ उनले भनेका छन्।

विघटन शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रणको सिद्धान्त विपरीत भएको सभामुखको आरोप छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell