PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

‘वृहत नागरिक आन्दोलन’को ठहर : महामारीबीच मतपत्र थमाउने झुटो घोषणा गर्नु मानवता विरुद्धको अपराध



पहिलोपोस्ट

‘वृहत नागरिक आन्दोलन’को ठहर : महामारीबीच मतपत्र थमाउने झुटो घोषणा गर्नु मानवता विरुद्धको अपराध

काठमाडौं : ‘वृहत नागरिक आन्दोलन’ले महामारीको बीचमा आमजनताले जनउत्तरदायी राजनीति खोजिरहेको बेला मतपत्र थमाउने झुटो घोषणा गर्नु मानवता विरुद्धको अपराध भएको बताएको छ। ‘वृहत नागरिक आन्दोलन’ले विज्ञप्ति जारी गर्दै मध्यरातमा प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटन, संविधान र लोकतन्त्र नै समाप्त पार्ने कदमलाई ‘कू दे ताँ’ ठहर गरेको बताएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘यो संकटको क्षणमा आमजनतालाई खोप, भेन्टिलेटर र अक्सिजन चाहिएको छ, मतपत्र होइन। जनताको जीवन रक्षा गर्ने जनस्वास्थ्य प्रणाली र राज्यको स्रोतसाधन सार्वजनिक हित र न्यायको निम्ति चाहिएको छ। सुशासन प्रत्याभूत गर्ने जनउत्तदायी सरकार चाहिएको छ, सत्ताकब्जा होइन। जनस्वास्थ्यको संकट सामना गर्ने बृहत्तर सहकार्य चाहिएको छ, महाव्याधिको संकटलाई कूका निम्ति दुरुपयोग गर्ने षड्यन्त्र होइन।’

जनस्वास्थ्य, संघीय लोकतान्त्रिक गणतन्त्र एवं संविधानको रक्षार्थ नागरिक आन्दोलनले आह्वान गरेको निरन्तर संघर्षको औचित्य झनै पुष्टि भएको ‘वृहत नागरिक आन्दोलन’ बताएको छ। तानाशाहीलाई र कुनै पनि तानाशाही प्रवृत्तिलाई परास्त गर्न सबै लोकतान्त्रिक दल, अधिकारकर्मी, पेशाकर्मी एवं सचेत नागरिकलाई एकजुट भएर सशक्त जनआन्दोलन सिर्जना गर्न ‘वृहत नागरिक आन्दोलन’ले आह्वान समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell