PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

माधव नेपालसहित ११ सांसदलाई एमालेले अघि बढायो कारबाही प्रक्रिया, सोधियो स्पष्टीकरण 



पहिलोपोस्ट

माधव नेपालसहित ११ सांसदलाई एमालेले अघि बढायो कारबाही प्रक्रिया, सोधियो स्पष्टीकरण 

काठमाडौंः नेकपा (एमाले) ले सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका ११ सांसदलाई कारबाहीको प्रक्रिया अघि बढाएको छ। शनिबारको स्थायी समिति बैठकले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल तथा झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोधेको हो।

यसअघि नेपाल समूहमा रहेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई लगायतलाई भने प्रष्टीकरण सोधिएको छैन। 
ओली पक्षीय नेता शेरबहादुर तामाङले स्पष्टीकरण चित्तबुझ्दो नभए कारबाही गरिने बताए। 

बैठकले वरिष्ठ नेता  नेपाल, खनाल तथा सांसदहरु भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरलाकुमारी यादव, पुष्पाकुमारी कर्ण कायस्थ, कलिला खातुन, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरुलाई स्पष्टीकरण सोधेको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell