PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

त्रिचन्द्र अगाडि जलाइयो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला, दुई विद्यार्थी नेता पक्राउ



पहिलोपोस्ट

त्रिचन्द्र अगाडि जलाइयो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला, दुई विद्यार्थी नेता पक्राउ

काठमाडौंः प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सडक प्रदर्शन थालेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो। 

शनिबार नेविसंघले देशका विभिन्न शहरमा प्रदर्शन गरेको छ। 

काठमाडौंमा चिचन्द्र कलेजअघि पनि प्रदर्शन गरिएको छ। प्रदर्शनमा क्याम्पस अगाडि राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दहन गरेको हो। 

प्रदर्शनमा नेविसंघ त्रिचन्द्र क्याम्पसमा विद्यार्थी नेताहरु सुन्दर बडाल र अशोकराज जोशी पक्राउ परेका छन्। पक्राउ परेको विद्यार्थी नेताहरुलाई यथाशीघ्र रिहा गर्न नेविसंघका महामन्त्री दीपक भट्टराईले माग गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell