PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

संसद विघटनको विरोध गर्दै पोखरामा नेविसंघको मसाल जुलुस, प्रहरीद्वारा हस्तक्षेप



पहिलोपोस्ट

संसद विघटनको विरोध गर्दै पोखरामा नेविसंघको मसाल जुलुस, प्रहरीद्वारा हस्तक्षेप

पोखरा : नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पोखरामा मसाल जुलुस प्रदर्शन गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै संघले शनिवार विरोध प्रदर्शन गरेका हो।

प्रदर्शनका अवसरमा नेविसंघ पूर्व केन्द्रीय सदस्य सरोज केसीले प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमूलक तरिकाले देशलाई दुर्घटनातिर लगेको बताएका छन्। उनले असंवैधानिक कदम विरुद्ध विद्यार्थी संघले मौन धारण नगर्ने जनाएका छन्।

नेपाल दलित विद्यार्थी संघका केन्द्रीय उपाध्यक्ष गोविन्द नेपालीले कोरोना संक्रमणको महामारीको भयावह अवस्था सामना गरिरहेका जनताको जीवन झन् संकटतिर धकेलेको आरोप लगाएका छन्।

नेविसंघ कास्कीका निवर्तमान सभापति विकास थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यराति संसद विघटन गरेर निरंकुश कदम चालेको भन्दै नेविसंघले कडा आन्दोलन गर्ने चेतावनी दिए।

उक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो। वडा प्रहरी कार्यालय वैदामकी प्रहरी नायव उपरीक्षक (डीएसपी) चिनीमाया तामाङको नेतृत्वमा खटिएको करिब तीन दर्जन प्रहरीले नेविसंघको प्रदर्शनलाई हस्तक्षेप गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell