PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध प्रदेश २ का विभिन्न स्थानमा प्रदर्शन



पहिलोपोस्ट

राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध प्रदेश २ का विभिन्न स्थानमा प्रदर्शन

जनकपुरधाम : प्रदेश नम्बर २ को जनकपुरधामसहित विभिन्न स्थानमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगामी कदमको विरोधमा प्रदर्शन गरेका छन्। जनकपुरधामको जनक चोकमा नेकपा एमाले माधव नेपाल समूहको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन र समाजवादी विद्यार्थी संघले संयुक्त रुपमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको भन्दै विरोध प्रदर्शन गरेका हुन्।

जेठ ७ गतेको मध्यरातमा राष्ट्रपति भण्डारीले असंवैधानिक कदम चाल्दै प्रतिनिधिसभाको विघटन गरेको भन्दै आजको दिनलाई कालो दिनको रुपमा लिई राजविराजमा समेत नेकपा माओवादी केन्द्रले विरोध प्रदर्शन गरेको छ।

प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभाको विघटनको सिफारिस गरेकै आधारमा राष्ट्रपति भण्डारीले शुक्रवार मध्यरातमा विघटन गरेको विरोधमा प्रदर्शन गरेको माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला अध्यक्ष अमर कुमरा मण्डलले जानकारी दिए।

उनले कोरोना महामारीको बेलामा जनतालाई सहज उपचारको व्यवस्था गर्नुपर्ने बेलामा ज्यानमारा ढंगले निर्वाचनको घोषणा गरिनु संविधानको बर्खिलाप रहेको अध्यक्ष मण्डलले बताए।

राजविराजस्थित काली मन्दिरबाट निस्केको जुलुसले नगरको विभिन्न भागको परिक्रमा गर्दै दर्शन चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै प्रदर्शनकारीहरुले जुलुस प्रदर्शन गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell