जर्मन बुण्डेसलिगा अन्तर्गतका खेलहरु आजबाट सकिएको छ। अन्तिम खेलमा एफसी आउग्सबर्गमाथि च्याम्पियन बायर्न म्युनिखले जित ५-२ गोल अन्तरले जित निकाल्दा रोबर्ट लेवान्डोस्कीले कीर्तिमान बनाएका छन्।
जेफरे गोउवेलेउको आत्मघाती गोलमा ९ औं मिनेटमा अग्रता बनाएको बायर्नका लागि २३ औं मिनेटमा सर्ज गनब्री, ३३ औं मिनेटमा जोसुवा किममिच र ४३ औं मिनेटमा किंग्सले कोमनले गोल गर्दा पहिलो हाफमै बायर्न चार गोलले अघि रहेको थियो। दोस्रो हाफमा आन्द्रे हाहनले ६७ औं मिनेटमा गोल गर्दै आउग्सबर्गको खाता खोलेका थिए। त्यस्तै त्यस्तै फ्लोरिअनले ७१ औं मिनेटमा गोल थपे। उता बायर्नका लेवान्डोस्कीले खेलको अन्तिम मिनेटमा गोल थप्दै कीर्तिमान बनाए।
लेवान्डोस्कीले गेर्ड मुलरको एकै सिजनमा सर्वाधिक गोलकर्ताको कीर्तिमान पछि पारेका हुन्। खेलको ९० औं मिनेटमा गोल गरेसँगै यो सिजन ४१ गोल पुर्याएका पोलिस खेलाडी लेवान्डोस्कीले सर्वाधिक गोलकर्ताको कीर्तिमान बनाएका हुन्। र, यो सँगै उनी जारी सिजनको पनि सर्वाधिक गोलकर्ता रहे।
RECORD-BREAKER!
— UEFA Champions League (@ChampionsLeague) May 22, 2021
Bayern's Robert Lewandowski beats Gerd Müller's all-time Bundesliga goal tally for a single season with his 4⃣1⃣st of the campaign. 👏👏#UCL pic.twitter.com/NpIiz10ch5
‘म यो गोल मेरी आमालाई समर्पित गर्न चाहन्छु। आज उहाँको जन्मदिन हो।’ खेलपछि प्रतिकृया दिँदै लेवान्डोस्कीले भने।
लिगमा ७८ अंक जोडेको बायर्न च्याम्पियन बन्दा ६५ अंक जोडेको आरबी लाइपजिग दोस्रो, बोरुसिया डर्टमण्ड ६४ अंक जोडेर तेस्रो र वुल्भ्सबर्ग ६१ अंक जोडेर चौथो स्थानमा रहे। त्यस्तै तालिकाको पुछारमा रहेका वेर्डर बर्मिन र शाल्के रेलिगेशनमा परे।