PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

मनाङ र खोटाङबाहेक सबै जिल्लामा निषेधाज्ञा : ७१ जिल्ला पूरै ठप्प, कुन जिल्लामा कहिलेसम्म (सूची)



पहिलोपोस्ट

मनाङ र खोटाङबाहेक सबै जिल्लामा निषेधाज्ञा : ७१ जिल्ला पूरै ठप्प, कुन जिल्लामा कहिलेसम्म (सूची)
शनिवारको तथ्याङको आधारमा

काठमाडौंः शनिवार बिहानबाट तेह्रथुममासमेत निषेधाज्ञा गरिएको छ। कोरोना संक्रमितको सङ्ख्या थपिएसँगै तेह्रथुममा जेठ ७ गते राती १२ बजेदेखि जेठ १४ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा गरिएको हो।

गृह मन्त्रालयका अनुसार निषेधाज्ञा हुने जिल्लाहरूको सङख्या ७५ पुगेको छ। हिमाली जिल्ला मनाङ र पहाडी जिल्ला खोटाङबाहेक सबै जिल्लामा निषेधाज्ञा गरिएको छ। मन्त्रिपरिषद्को बैठकले स्थानीय प्रशासनलाई नै निषेधाज्ञा गर्ने अधिकार दिएपछि निषेधाज्ञा हुँदै आएको छ। बाँकेको नेपालगन्जमा सबैभन्दा पहिले वैशाख १३ गते निषेधाज्ञा गरिएको थियो। बाँकेको निषेधाज्ञा वैशाख २७ गतेबाट थप गरेर जेठ १० गतेसम्म पुर्‍याइएको छ।

काठमाडौँ उपत्यकाभित्र वैशाख १६ गतेदेखि जारी भएको निषेधाज्ञा जेठ १३ गतेसम्म छ। काठमाडौँ उपत्यकाभित्र संक्रमितको सङख्या थपिदैं जाँदा निषेधाज्ञाको समय लम्बिने देखिएको छ। निषेधाज्ञाको कारण बजार, व्यवसाय, उद्योगधन्दा, यातायात, शैक्षिक क्षेत्रलगायत सबै बन्द छन्।

तेह्रथुम, धनकुटा, सप्तरी  र मुस्ताङमा भने केही स्थानमा मात्र निषेधाज्ञा गरिएको छ। बाँकी ७१ वटा जिल्लामा भने पुरै निषेधाज्ञा गरिएको छ। देशभर संक्रमितको सङ्ख्या दैनिक ८ हजार भन्दा बढीले थपिदैं गएको छ। तर पछिल्लो केही दिनयता निको हुने दर पनि बढेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell