PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

कमल थापाको प्रश्न : के संविधानको धारा ७६(५)ले सांसदहरूलाई निर्दलीय बन्न छुट दिएको हो?



पहिलोपोस्ट

कमल थापाको प्रश्न : के संविधानको धारा ७६(५)ले सांसदहरूलाई निर्दलीय बन्न छुट दिएको हो?

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले संविधानको प्रावधानमाथि प्रश्न उठाएका छन्।

आफ्नो बहुमतलाई राष्ट्रपतिले मान्यता नदिएर प्रतिनिधिसभा विघटन गरेको भन्दै विपक्षी दलहरु अदालत जाने तयारीमा रहेका बेला थापाले फ्लोर क्रस गर्ने छुट संविधानले दिएको हो भनि प्रश्न गरेका हुन्।

एमालेको माधव नेपाल समूहले फ्लोर क्रस गरेर विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दाबीका लागि हस्ताक्षर गरेको थियो। यसतर्फ संकेत गर्दै थापाले सोधेका छन्, ‘के संविधानको धारा ७६(५)ले सांसदहरूलाई निर्दलीय बन्न छुट दिएको हो?दलीय अनुशासन विपरित जाने स्वतन्त्रता दिएको हो?’

थापाले यो मान्यता स्वीकार गरेमा दल फुटाउने र सांसद किनबेच गर्ने काम वैधानिक हुने पनि तर्क गरेका छन्। यसले कुनै पनि दल सुरक्षित नरहने भन्दै थापाले क्षणिक स्वार्थ मात्र नहेर्न सुझाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell