PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

राष्ट्रपति भवन अगाडि प्रदर्शन, उत्रिन नपाउँदै समात्यो प्रहरीले

राष्ट्रपति भवन अगाडि प्रदर्शन, उत्रिन नपाउँदै समात्यो प्रहरीले

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। विरोध गर्ने राष्ट्रपति भवन निवास अगाडि पुगेका प्रर्दशनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। उनीहरुलाई समात्दै प्रहरी भ्यानमा राखेर प्रहरी कार्यालय लगिएको छ।

युथ काँग्रेस नेपालले आज शीतल निवास अगाडि प्रर्दशन गरेको हो। प्रहरीले नियन्त्रणमा लिँदा सबैको मुखमा मास्क थियो। तर, हातमा न पञ्जा लगाइएको थियो न त फेस सिल्ड नै।

आज बिहानै नेविसंघका नेता पनि विरोध गर्दा पक्राउ परेका छन्। नेविसंघ पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठीलगायत विद्यार्थीहरु बानेश्वरबाट पक्राउ परेका हुन्।

उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी तथा केपी शर्मा ओलीलाई गोबर उपहार पठाउने भन्दै प्रदर्शन गरेका थिए। सरकारले संक्रमण बढेको भन्दै नियन्त्रणको लागि निषेधाज्ञा गरेको छ। निषेधाज्ञा उल्लङघन गरेको भन्दै प्रहरीले प्रर्दशनकारीलाई नियन्त्रणमा लिइरहेको छ।

यता वाम गठबन्धहरुले भने राष्ट्रपति र प्रधानमन्त्रीको कदम बिरुद्ध कानुनीदेखि राजनितिक लडाई लड्ने घोषणा गरिसकेका छन्। पाँच दलहरुले हस्ताक्षर संकलन गरेर सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरिरहेका छन्।

गठबन्धनले सडक आन्दोलन गर्ने तयारी पाएको सरकारले भने प्रर्दशनकारीलाई पक्राउ गर्ने सुरक्षा निकायलाई निर्देशन दिइसकेको छ। शनिवार गृह मन्त्रालयमा सुरक्षाका निकायका प्रमुखलाई बोलाएर गृहसचिव महेश्वर गौतमले निषेधाज्ञा कडा बनाउन निर्देशन दिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell