PahiloPost

May 20, 2026 | ६ जेठ २०८३

मन्त्री नियुक्त भएको चार दिनपछि दीपक मनाङेले लिए सपथ



रिना थापा

मन्त्री नियुक्त भएको चार दिनपछि दीपक मनाङेले लिए सपथ
फोटो : मुख्यमन्त्री सचिवालय ।

पोखरा : गण्डकी प्रदेशका पुननियुक्त मन्त्री दीपक मनाङे (राजीव गुरुङ)ले पद तथा गोपनियताको सपथ लिएका छन्। आइतबार गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले पद तथा गोपनीयताको सपथ दिलाएकी हुन्।

गत विहीबार दोस्रो पटक मन्त्रिमण्डल विस्तार भएपछि मन्त्रीमा पुन: नियुक्त भएका मनाङे काठमाडौं बाहिर रहेकाले सपथ लिन भ्याएका थिएनन्। आज सपथ लिएका हुन्।

युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पाएको ११ दिनमै मुख्यमन्त्रीले राजीनामा दिएपछि पदमुक्त भएका मनाङलेलाई पुन सोही जिम्मेवारी पाएका हुन्। मनाङेले दोस्रो पटक मन्त्रीको सपथ लिएका हुन्।

प्रदेश सभामा ठूलो दलको नेताको हैसियतमा दोस्रोपटक वैशाख २९ गते मुख्यमन्त्री नियुक्त भएका गुरुङले मन्त्रिमण्डल विस्तार गर्दा पुरानै मन्त्रीहरुलाई दोहोर्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell