PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

भ्याक्सिन र मानिसको मृत्युमाथि मिसन पत्रकारिता गरेको प्रधानमन्त्री ओलीको आरोप



पहिलोपोस्ट

भ्याक्सिन र मानिसको मृत्युमाथि मिसन पत्रकारिता गरेको प्रधानमन्त्री ओलीको आरोप

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशमा देखिएको कोरोना संक्रमणको ग्राफ केही दिनमा नै ओरालो लाग्ने दावी गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटरमा पत्रकार सम्मेलनमा अहिले संक्रमण बढ्ने दरको ग्राफ लगतार बढ्नेबाट तेर्सोतिर लागेकाले केही दिनमा ओरालो लाग्ने दावी गरेका हुन्।

त्यस्तै अहिले कोरोना संक्रमितको अपचारको लागि आवश्यक पर्ने लगभग अक्सिजन र अक्सिज सिलिण्डरको समस्या पनि समधान भइसकेको बताएका छन्। ठूलो मात्रमा अक्सिजन, सिलिण्डर, आइसियू बेड चाहिएकाले अभाव भएको बताएका छन्।

'अब सिलण्डरको समस्या समधान भएको छ। अब अक्सिजनको लगभग समस्या समाधान भएको छ। भेन्टिलेटरको पनि समस्या छैन। बाहिरबाट यस्ता सामाग्री ल्याइरहेका छौं। प्लेनबाट राखेर सिलिण्डर ल्यायौं,' प्रधानमन्त्री ओलीले भने।

भ्याक्सिन लगायत संक्रमणको समयमा  केहीले मिसन पत्रकारिता गरेको बताए आरोप लगाए उनले। अन्तरकुन्तरबाट मार्मिक कहानी बनाउने गरेको आक्षेप लगाए। राम्रो कामको चर्चा नगरेर कमजोरी मात्र चर्चा गर्ने गरेको आरोप पनि उनले दोहर्‍याए। बनावटी कमजोरीको चर्चा समेत गरेको आरोप लगाए।

'यस्ता बेलामा मार्मिक अवस्था बन्छ पनि। मानिसको निधन भइरहेको छ। मार्मिक स्थित बन्छ। त्यस्तो मार्मिक स्थितिको चित्रण गर्ने? त्यो मार्मिक स्थितिमा त्यसलाई पनि आफ्नो स्वार्थमा प्रयोग गर्ने छँदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell