PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

पछिल्लो २४ घण्टा १९३ जना कोरोना संक्रमितको मृत्यु, काठमाडौं उपत्यकाभित्र मात्र २८२१ जना थपिए



पहिलोपोस्ट

पछिल्लो २४ घण्टा १९३ जना कोरोना संक्रमितको  मृत्यु, काठमाडौं उपत्यकाभित्र मात्र २८२१ जना थपिए

काठमाडौं : पछिल्लो २४ घण्टामा कोरोना संक्रमण भएका १ सय ९३ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोभिड १९ को ब्रिफिङ गर्दै १ सय ९३ जनाको मृत्यु भएको जानकारी दिएका छन्।

पछिल्लो २४ घण्टामा  ७ हजार ९ सय १४ जनामा कोरोना पोजेटीभ देखिएको छ। कोरोना संक्रमणबाट ७ हजार ६ सय ६४ जना मुक्त रहेका छन्। कोरोनाबाट मुक्त हुने दर ७६ दशमलव ३ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए। स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ९६५ जनाको पीसीआर परीक्षण गर्दा ७५९८ जना र ९३१ जनाको एन्टीजेन परीक्षण गर्दा २१६ जना संक्रमित पहिचान भएका हुन्।

थपिएको संक्रमितको सङख्यासँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ।

काठमाडौं उपत्यकाभित्र थप २ हजार ८ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ। भक्तपुरमा ३ सय ६६, ललितपुरमा ६ सय ९४ र काठमाडौंमा १ हजार ७ सय ६१ जनामा संक्रमण देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell