PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

वाग्मती प्रदेश सभाको आठौँ अधिवेशन जेठ १६ गतेको लागि आह्वान



पहिलोपोस्ट

वाग्मती प्रदेश सभाको आठौँ अधिवेशन जेठ १६ गतेको लागि आह्वान

हेटौँडा : वाग्मती प्रदेश सभाको आठौँ अधिवेशन आह्वान गरिएको छ। जेठ १६ गते आइतवारको लागि प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आइतवार आह्वान गरिएको हो।

शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले १६ जेठमा आठौँ अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो। असार १ गते बजेट र त्यसअघि नीति तथा कार्यक्रम घोषणा गर्न अधिवेशन आह्वाव गर्न सिफारिस गरिएको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए।

यसअघि बैशाख ७ गते प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीको अवरोधपछि वाग्मती प्रदेशको प्रदेशसभा बैठक स्थगित गरिएको थियो। प्रदेश सरकारले कार्यविधि, मापदण्ड र पूर्वाधारबिना नै विद्युतीय बस खरिद गर्नुअघि चार्जिङ सेन्टर लगायतका विषयमा प्रकृया अघि बढाएको र आर्थिक सहायता कार्यविधि नै नबनाई मदन भण्डारी फाउण्डेसनलाई प्रदेश सरकारले ५० लाख रुपैयाँ सहयोग गरेको विषयमा उचित जवाफ माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका सांसदहरुले संसद अवरुद्ध गरेका थिए।

सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ मुख्यमन्त्री डोरमणि पौडेलको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले दिएका थिए।

त्यसलगतै माओवादीका सांसदहरु उठेर संसद अवरुद्ध गरेका थिए। सभामुख सानुकुमार श्रेष्ठले बस्नका लागि अनुरोध गरेपनि माओवादी संसदले अवरोध कायमै राखेपछि श्रेष्ठले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका थिए। यसअघि, नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, विवेकशिलका रमेश पौड्याल, नेमकिपाका सुरेन्द्रराज गोसाई, राप्रपाकी रिता माझी, रिना गुरुङले सरकारको कामको चर्को विरोध गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell