PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

नागरिकता सम्बन्धी अध्यादेशको जसपाले गर्‍यो स्वागत



पहिलोपोस्ट

नागरिकता सम्बन्धी अध्यादेशको जसपाले गर्‍यो स्वागत

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले नागरिकता सम्बन्धी अध्यादेशको स्वागत गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी आइतवार दिउँसो अध्यादेश जारी गरेलगत्तै अध्यक्ष महन्थ ठाकुरले आफ्नै पहलमा जारी भएको अध्यादेशको स्वागत गरेका हुन्।

उनले नागरिकताबाट वञ्चित लाखौ नागरिकले अब नागरिकता पाउने भन्दै खुसी प्रकट गरेका छन्।

‘लाखौ-लाखको संख्यामा रहेका नेपाली नागरिक आमाका संतान र जन्मसिद्ध नेपाली नागरिकका सन्तान जसलाई अध्यावधि नेपाली नागरिकताबाट बन्चीत राखिएको थियो, वर्षों प्रतिक्षा पछि, जसपाको निरन्तर संघर्ष र प्रयास पछि नागरिकता प्राप्त गर्ने अवसर प्राप्त भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell