PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

सुदूरपश्चिममा निष्प्रभावी निषेधाज्ञा : २५ दिनअघि ३ हजार सक्रिय संक्रमित, आज पुगे ११ हजार ८७७



पहिलोपोस्ट

सुदूरपश्चिममा निष्प्रभावी निषेधाज्ञा : २५ दिनअघि ३ हजार सक्रिय संक्रमित, आज पुगे ११ हजार ८७७
फाइल फोटो।

कैलाली : सुदूरपश्चिम प्रदेशमा निषेधाज्ञाका बाबजुद पनि कोरोना संक्रमणको ग्राफ उकालो लागेको छ। २५ दिनअघि कोरोना महामारीको चेन ब्रेक गर्न भन्दै बैशाख १६ गते कैलालीबाट प्रदेशमा निषेधाज्ञाको सुरुवात गरिएको थियो। त्यसपछि विभिन्न जिल्लाहरूमा शुरु गरिएको निषेधाज्ञा अहिले प्रदेश भरी जारी छ। तर, त्यसको परिणाम भने अपेक्षित हुन सकेको छैन।

बैशाख १६ गते निषेधाज्ञा शुरु गरिएको दिन सुदूरपश्चिम प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ७ सय रहेको थियो। त्यसको २५ दिनपछि आइतवार प्रदेशमा सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ८ सय ७७ पुगेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ। यो अवधिमा प्रदेशमा कोरोना संक्रमणबाट ३ सय ५६ जनाको मृत्यु भएको छ।

निषेधाज्ञाकै बाबजुद पनि कोरोना संक्रमण बढ्नुको प्रमुख कारण भारतबाट नेपाल भित्रिने सीमानाका बनेको चिकित्सकहरू बत्ताउँछन्। पहिलो लहरको कोरोना संक्रमण फैलिएको समयमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आउने मानिसलाई सीमानाकाबाट स्थानीयतहले बनाएका क्वारेन्टाइनमा पठाउने गरिएको थियो। तर, अहिले भने उनीहरू सोझै सार्वजनिक सवारी मार्फत घरसम्म पुग्दा समुदायमा संक्रमण बढेको हो।

‘सीमानाकामा होल्डिङ सेन्टर बनाउन, सबैको अनिवार्य स्वास्थ्य परीक्षण गर्न भारतबाट आउने मानिसको व्यवस्थापन जसरी पहिलो लहरको कोरोना फैलिँदा गरिएको थियो अहिले त्यस्तो हुन नसक्दा कोरोना महामारी प्रदेशका पहाडी तथा हिमाली जिल्लाका प्रत्येक स्थानीय तह र टोलटोलसम्म पुगेको छ’, सुदूरपश्चिमका स्वास्थ्य निर्देशक गुणराज अवस्थी भन्छन्, ‘सीमानाकाको व्यवस्थापन हुन नसक्दा खेरी महामारी नियन्त्रण अहिले चुनौतीपूर्ण बन्दै गएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell