PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

वीरगंजमा थप ५ जना कोरोना संक्रमितको मृत्यु



पहिलोपोस्ट

वीरगंजमा थप ५ जना कोरोना संक्रमितको मृत्यु

वीरगंज : वीरगंजमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्साका ३ र रौतहटका २ जना रहेका छन्। जसमा ५० वर्षदेखि ६५ वर्ष उमेरका एक महिला र ४ जना पुरुष रहेका छन्।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पर्साको जगरनाथपुर गाउँपालिका-५ का ६५ वर्षीय वृद्धको आइतवार दिउँसो साढे १२ बजे उपचारको क्रममा नेशनल मेडिकल कलेजद्वारा सञ्चालित बाबा होटलको कोभिड अस्पतालमा मृत्यु भएको थियो। ५ जेठमा पीसीआर पोजेटिभ देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

त्यसैगरी, वीरगंज हेल्थकेयर अस्पतालमा वीरगंज-११ का ६२ वर्षीय वृद्धको मृत्यु भएको छ। २८ बैशाखमा एन्टिजेनबाट कोरोना संक्रमण पुष्टि भएको उनको आज दिउँसो साढे १ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले जनाएका छन्।

त्यस्तै, नारायणीमा एक जना पर्सा र दुई जना रौतहटका संक्रमितको मृत्यु भएको छ। पर्साको पोखरीया-५ का ६५ वर्षीय वृद्धको आज दिउँसो साडे १ बजे मृत्यु भएको छ। २८ गते एन्टिजेनबाट कोरोना पोजेटिभ देखिएका उनी जेठ ३ गते अस्पताल भर्ना भएका थिए।

यस्तै, रौतहटको जयनगर-१ का ५० वर्षीय पुरुषको आज बिहान २२० वजे र रौतहटको सुन्दरपुर-४ की ५० वर्षीया महिलाको आज बिहान पौने १२ बजे मृत्यु भएको थियो। जयनगरका पुरुषमा २८ गते एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भई ७ जेठ अस्पताल भर्ना भएका थिए भने सुन्दरपुरकी संक्रमितमा ४ जेठमा पीसीआरबाट कोरोना संक्रमण पुष्टि भई ५ जेठमा अस्पताल भर्ना भएकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell