PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

जनकपुरमा जलाइयो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला



पहिलोपोस्ट

जनकपुरमा जलाइयो राष्ट्रपति र प्रधानमन्त्रीको पुतला

जनकपुरधाम : जनकपुरमा जसपा नेपाल (उपेन्द्र यादव पक्ष) र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले संयुक्त रुपमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेको विरोधमा उनीहरूले जनकपुरको शिवचोकमा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएका हुन्।

नेपालको संविधान २०७२ को धारा ७६ को उपधारा ५ बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सदस्यले प्रधानमन्त्रीमा नियुक्तिको लागि दावी पेश गर्नुपर्ने आह्वान गरेपछि प्रतिनिधिसभामा दावी पेश गर्दा विश्वासिलो अवस्था नरहेकोमा छानविन गर्नुको साटो प्रधानमन्त्रीको सिफारिसमा शुक्रवार राति राष्ट्रपति भण्डारीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको भन्दै उनीहरूले विरोध प्रदर्शन गरेका छन्।

मुलुकलाई राजनीतिक निकास दिनुको साटो राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको इशारामा संसद विघटन गरी जनताको भावनासँग खेलवाड गरेको प्रदर्शनमा सहभागी नेकपा माओवादी केन्द्रका जिल्ला सचिव दिपक यादवले आरोप लगाए।

जसपाको उपेन्द्र यादव पक्षका नेता शेषनारायण यादवले राष्ट्रपति र प्रधानमन्त्रीले नेपालको संविधानको धज्जिया उडाएको जिकिर गरेका छन्। उनले राष्ट्रपतिले विवादित विषयमा छानविन गर्नुपर्नेमा सो नगरी प्रतिनिधिसभा विघटन गरी निर्वाचनको मिति घोषणा गर्नु संविधानको मर्म विपरीत रहेको आरोप लगाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell