PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

आफैँले असहमति राखेका प्रावधान समेटेर सरकारले ल्यायो नागरिकता अध्यादेश, जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता



पहिलोपोस्ट

आफैँले असहमति राखेका प्रावधान समेटेर सरकारले ल्यायो नागरिकता अध्यादेश, जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता

काठमाडौंः जन्मसिद्ध नागरिकता प्राप्त गरेका व्यक्तिका सन्तानले अब वंशजको नागरिकता प्राप्त गर्ने भएका छन्। २०७२ असोज ३ गतेअघि जन्मिएका तथा आमा र बाबु दुबै नेपाली नागरिक भएका व्यक्तिहरुले वंशजको नागरिकता पाउन लागेका हुन्।

जनता समाजवादी पार्टी, नेपालसँग भएको सहमति अनुसार सरकारले अध्यादेश सिफारिस गरेको थियो। अध्यादेश आइतबार जारी भएको छ। नागरिकताको सवालमा यसअघि निकै अनुदार रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विगतमा अस्वीकृत गरेका प्रावधान समेटेर अध्यादेश जारी गरेको हो। 

यस्तै, नेपाली आमाबाट जन्म भएका र नेपालमै बसोबास गरेको व्यक्तिको बाबु पहिचान नभएको अवस्थामा पनि अब वंशजको नागरिकता दिइनेछ। बाबु पत्ता लाग्दा विदेशी नागरिक भएका नागरिकता स्वतः अंगीकृतमा परिणत हुनेछ। अध्यादेशमा जारी भएको यो व्यवस्थामा एमालेले नागरिकता विधेयकमा भएको छलफलको क्रममा असहमति जनाउँदै आएको थियो।

यसरी अंगीकृत नागरिकता पाउन अन्य कुनै देशको नागरिकता नपाएको स्वघोषणा गर्नु पर्नेछ।

यस्तो स्वघोषण झुटो ठहर भएमा ६ महिनादेखि एक वर्षसम्म कैद वा ५० हजारदेखि एक लाख रुपियाँसम्म जरिवाना वा दुबै सजाय हुने व्यवस्था गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell