PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

इटालीमा केबलकार दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु



पहिलोपोस्ट

इटालीमा केबलकार दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु
Photo: HANDOUT VIA REUTERS

इटालीमा केबलकार खस्दा कम्तिमा १३ जनाको मृत्यु भएको छ। उत्तरी इटालीको मेगिओरी ताल नजिक रहेको पहाडमा आइतवार केबलकार दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ

स्ट्रेसाको रिसोर्ट टाउनबाट यात्रु बाकेर पिडमोन्ट क्षेत्रको मोट्टारोन पहाडतर्फ जाँदै गर्दा उक्त दुर्घटना भएको जनाइएको छ। दुर्घटनास्थलको तस्बिरमा क्षतिग्रस्त केबलकार जंगलको बीचमा दुर्घटना भएको देखिएको छ।

अधिकारीहरुका अुनसार दुर्घटनास्थलबाट ५ र ९ वर्षका दुई बालबालिकालाई उपचारको लागि टुरिन हस्पिटल लगिएको छ।

उद्धार टोलीका अधिकारीहरुले ट्विटरमार्फत मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन्। दुर्घटनास्थलमा अझै पनि उद्धारकर्मीहरु रहेको स्थानीय मिडियाले लेखेका छन्।

दुर्घटनाको कारण भने अझै पनि खुल्न सकेको छैन। तर, स्थानीय रिपोर्टको अनुसार ३०० मिटरको उचाईमा तारले काम गर्न छाडेको हुन सक्ने अनुमान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell