PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

पीएसजीलाई पछि पार्दै लिलले जित्यो लिग वानको उपाधि



पहिलोपोस्ट

पीएसजीलाई पछि पार्दै लिलले जित्यो लिग वानको उपाधि
Photo: Reuters

फ्रेन्च लिगवान अन्तर्गत गएराति सम्पन्न खेलमा एन्जर्सलाई हराएसँगै लिल लिगवानको च्याम्पियन बनेको छ। घरेलु टोली एन्जर्समाथि २-१ गोलअन्तरले जित निकालेको लिलले निकटतम प्रतिद्वन्दी रहेको साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई एक अंकले पछि पारेको थियो।

च्याम्पियन बन्नका लागि जित्नै पर्ने दवाबका साथ उत्रिएका दुबै टोलीले गएराति खेलका खेलमा जित निकालेका थिए। यद्यपि  पीएसजीलाई भने आफ्नो जितसँगै लिलको हार या वराबरी आवश्यक थियो। पीएसजीले गएरातिको खेलमा ब्रेस्टमाथि जित निकालेको थियो।

२०१०/११ को सिजनमा पछिल्लो लिलले पछिल्लो पटक लिग जितेको थियो। यो लिग वानमा लिलको चौथो ट्रफी हो। यसअघि सन् १९४६, १९५४ र २०११ मा च्याम्पियन बनेको थियो।

लिगमा शीर्ष चारमा रहँदै लिल र पीएसजीसँगै मोनाको र लियोनले च्याम्पियन्स लिगमा स्थान बनाएका छन्। त्यस्तै पाँचौं र छैटौं स्थानमा मोनाको र रेनेस छन् भने रेलिगेशनमा पर्ने टिममा नान्टेस, निम्स र डिजोन रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell