![सिरी ए को शीर्ष चारमा युभेन्टस, अन्तिम खेल बराबरी खेल्दा पछि पर्यो नापोली](https://pahilopost.com/assets/upload/contentthumb/20210524_071353.jpg)
इटालियन सिरि ए अन्तर्गत गएराति सम्पन्न खेलमा बोलोग्नामाथि ४-१ गोलअन्तरको सहज जित निकालेको युभेन्टसले ३८ खेलबाट ७८ अंक जोड्दै शीर्ष चारमा स्थानमा स्थान बनाएको छ। साविक विजेता रहेको युभेन्टसलाई यसपटक शीर्ष चारमा स्थान बनाउनसमेत धौधौ परेको थियो। गएराति नै सम्पन्न अर्को खेलमा नापोलीले हेलास वेरोनासँग १-१ को बराबरी खेलेपछि युभेन्टले अगाडि जाने मौका पाएको थियो।
त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा च्याम्पियन इन्टर मिलानले उडिनेसमाथि ५-१ को फराकिलो जित निकाल्दै घरेलु मैदानमा उपाधि उचाल्यो। इन्टरले यसअघि नै उपाधि सुरक्षित गरिसकेको थियो। शीर्ष स्थानमा १२ अंकको अग्रता बनाउँदै इन्टर च्याम्पियन बन्यो।
त्यस्तै शीर्षचारमा इन्टर मिलान, एसी मिलान, एटलान्टा र युभेन्टस रहँदै च्याम्पियन्स लिगमा पुग्दा युरोपा लिगका लागि नापोली र लाजियोले स्थान बनाए।
त्यस्तै रेलिगेशनमा बेनेभेन्टो, क्रोटोन र पार्मा परे।