PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

बाँकेमा उपचाररत दाङ र बर्दियाका ५ जना संक्रमितको मृत्यु



पूजा पन्थी

बाँकेमा उपचाररत दाङ र बर्दियाका ५ जना संक्रमितको मृत्यु
फाइल फोटो

बुटवल : बाँकेमा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ३ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा २ जनाको मृत्यु भएको हो। मृत्यु हुने सबै बाँके बाहिरका छन्। मृतक बर्दियाका ३ जना र दाङका २ जना छन्।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा उपचाररत ठाकुरबाबा ३ बर्दियाका ४१ वर्षीय पुरुष, तुलसीपुर ६ दाङका ७१ वर्षीय पुरुष र बाँसगढी ६ बर्दियाका ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।

त्यस्तै नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत लमही ४ दाङका ४३ वर्षीय पुरुष र गुलरिया १२ दाङका ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। योसँगै कोरोनाबाट बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७३ जना पुगेको छ भने बाहिरी जिल्लाका २४५ जनाको मृत्यु भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell