PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

निषेधाज्ञामा काठमाडौंमा अलपत्र पर्नुभयो ?  घर फर्किन के गर्ने ?



पहिलोपोस्ट

निषेधाज्ञामा काठमाडौंमा अलपत्र पर्नुभयो ?  घर फर्किन के गर्ने ?

काठमाडौः कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै काठमाडौं उपत्यकाभित्र निषेधाज्ञा गरेको तीन साता पुरा भएको छ।

निषेधाज्ञाको कारण यातायात, कलकारखाना, व्यापार व्यवसाय, शैक्षिक क्षेत्र लगायत सबै ठप्प छन्। दैनिक रोजगारी गरेर खानेहरूको लागि काठमाडौं बसाई सकसपूर्ण बन्दै गएको छ। सार्वजनिक सवारी साधन नचल्दा घर( गाउँ) फर्किने बाटो पनि बन्द भएको छ। काठमाडौं उपत्यकाका तीन जिल्ला मात्र होइन देशभरका ७५ वटै जिल्लामा निषेधाज्ञा रहेको छ।

काठमाडौंमा खर्चले धान् छोड्यो, अलपत्र पर्नुभयो वा गाउँ नै फर्किने सोचमा हुनहुन्छ भने के गर्ने?  कसरी घर फर्किने?  अहिले पनि यसरी अलपत्र परेका मानिसहरू घर फर्किरहेका छन्। सार्वजनिक सवारी मार्फत नै उनीहरू घर फर्किएका हुन्। तर यस्ता सवारी साधनले पनि यात्रुबाट बढी भाडा लिएर ठगी गर्ने गरेका छन्।

कसरी सार्वजनिक सवारीमा मानिस  उपत्यकाबाट घर फर्किरहेका छन् त? महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनकराज भट्टराई  भन्छन्,' अलपत्र परेका मानिसहरू घर फर्किन चाहेमा जिल्ला प्रशासनबाट पास दिएको हुन्छ। अनि सार्वजनिक सवारीमा भाडा तिरेर जाने गरेका छन्। त्यस्ता सवारीलाई सहज गरेका छौँ।'

अलपत्र भएका मानिसले समूह बनाएर गाडीको व्यवस्था गरेर प्रशासनबाट पास लिएर घर फर्किने गरेका छन्। दैनिक ५ सय देखि ८ सय मानिस काठमाडौं उपत्यकाबाट अहिले पनि घर फर्किरहेको एसएसपी भट्टराई ले जानकारी दिए। अहिले काठमाडौं उपत्यकाबाट दैनिक २ देखि ३ हजारसम्म सवारी साधन बाहिरिने गरेका छन्। जसमा अधिकांश अत्यावश्यक सवारी साधनहरू रहेका छन्।

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell