PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

पाँच-पाँच जनाको समूहमा अदालत पुग्दै विपक्षी गठबन्धनका सांसदहरु



पहिलोपोस्ट

पाँच-पाँच जनाको समूहमा अदालत पुग्दै विपक्षी गठबन्धनका सांसदहरु

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ताका लागि ५/ ५ जनाको समूहमा सांसदहरु जान थालेका छन्।

कोभिड-१९ संक्रमणलाई ध्यान दिएर ५/ ५ जनाको समूहमा अदालत जाने निर्णय भएको एमालेको माधवकुमार नेपाल समूहका सांसद झपट रावलले जानकारी दिए। उनले आफ्नो समूहबाट देउवाको पक्षमा हस्ताक्षर गर्ने सांसद संख्या २५ पुगेको बताए। 

नेपाली कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने भन्दै कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाका गरी १ सय ४९ जना सांसदले राष्ट्रपति विदेयादेवी भण्डारी समक्ष दावी गरेका थिए। राष्ट्रपतिले भने देउवालाई प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरेपछि विपक्षी गठबन्धन अदालत गएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell