PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

शेरबहादुर देउवाको पक्षमा खुले एमालेका २३ सांसद, कसकसले गरे हस्ताक्षर?



पहिलोपोस्ट

शेरबहादुर देउवाको पक्षमा खुले एमालेका २३ सांसद, कसकसले गरे हस्ताक्षर?

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै एमालेका २३ सांसदले हस्ताक्षर गरेका छन्। बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहका २३ सांसदले देउवलाई प्रधानमन्त्रीमा नियुक्तिको माग गर्दै अदालतमा रिट निवेदन दर्ता गर्न हस्ताक्षर गरेको सांसद झपट रावलले जानकारी दिए।

'दुई तीन जनाको तलमाथि हुने हो। २३ जनाले गरिसकेका छन्। केही थपिन सक्छन्,' उनले भने।

एमालेका विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल निरादेवि जैरू, सरलाकुमारी यादव कल्याणी खड्का लक्ष्मी चौधरीले हस्ताक्षर गरेका छन्।

यस्तै, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडाले हस्ताक्षर गरेका हुन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराई, नेपाल-खनाल समूह र राष्ट्रिय जनमोर्चा गरी पाँच दलका सांसदहरु अदालत जान थालेका हुन्। कोभिड-१९ संक्रमणका कारण ५/५ जनाको समूहमा सांसदहरु अदालत गइरहेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि राजनीतिले नयाँ मोडल लिएको हो। उक्त कदमको विपक्षी गठबन्धनले बिरोध गरिरहेको छ। राष्ट्रपति भण्डारी समक्ष पाँच दलका १ सय ४९ जना सांसदहरुले हस्ताक्षर बुझाएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell