PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

ओलीले खटाएका मान्छेसँग वार्ता गर्नुको औचित्य छैन, स्पष्टीकरणको जवाफ दिन्नौं : भीम रावल



पहिलोपोस्ट

ओलीले खटाएका मान्छेसँग वार्ता गर्नुको औचित्य छैन, स्पष्टीकरणको जवाफ दिन्नौं : भीम रावल

काठमाडौं : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा  एमालेको विवाद समाधानका लागि गठित वार्ता टोलीका नेता भीम रावलले ओलीले सोधेको स्पष्टीकरणको जवाफ नदिने बताएका छन्।

सञ्चारकर्मीसँगको अन्तक्रियामा रावलले ओली वैधानिक अध्यक्ष नै नभएकाले स्पष्टीकरण दिइरहनु नपर्ने दाबी गरे। 'उहाँले उल्लेख गरेको कुराहरु निराधार छन्। उहाँ नेकपा एमालेको होइन महाधिवेशन आयोजक कमिटीको अध्यक्ष हुनुभएको छ। कुनै पनि स्पष्टीकरणको जवाफ दिनु पर्दैन। सबै स्पष्टीकरण अस्वीकार गर्छौ,' रावलले भने।

प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहको शनिवार बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकले नेपाल, रावल सहित ११ जनालाई कारवाहीका लागि स्पष्टीकरण सोधेको थियो।

ओली समूहले नेपाल समूहका नेताहरुलाई पार्टीबाटै निष्कासन गर्नका लागि सोमवार ४ बजे बालुवाटारमा स्थायी कमिटीको बैठक बोलाएका छन्।

नेपाल समूहका तर्फबाट वार्ता टोलीको नेतृत्व गरिरहेका रावलले अब वार्ता टोलीको औचित्य नभएको बताए। उनले ओलीका दूतहरुसँग वार्ता नगर्ने दाबी गरे। 'ओलीले खटाएका मान्छेहरुसँग वार्ता गर्नुको औचित्य छैन,' रावलले भने।

नेपाल समूह नयाँ पार्टी दर्ताको प्रक्रियामा रहेको बताइए पनि अहिले नै त्यसखालको निर्णयमा पुगिनसकेको रावलको भनाई छ। उनले ओलीका विरुद्ध जस्तोसुकै निर्णय गर्न पनि तयार भएको बताए।

'लोकतन्त्र रक्षाका लागि जुनसुकै पाइला चाल्नुपर्ने हुनसक्छ। नयाँ पार्टीका बारेमा अहिले नै हामी निर्णयमा पुगिसकेका छैनौं,' रावलले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell