PahiloPost

Nov 10, 2025 | २५ कात्तिक २०८२

अन्तत: सत्ताविरुद्ध सर्वोच्चतिर : एमालेसहित अन्य दलका सांसद पनि यसरी पुगे अदालत

अन्तत: सत्ताविरुद्ध सर्वोच्चतिर : एमालेसहित अन्य दलका सांसद पनि यसरी पुगे अदालत

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : हिजोदेखिको तयारी, आज बिहानैदेखि हस्ताक्षर संकलनको सबै प्रकृया पूरा गरेर विपक्षी मोर्चाका नेताहरु सर्वोच्च अदालतमा पुगेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सर्वोच्च अदालतमा पुगेका हुन्। 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै एमालेका २३ सांसदले हस्ताक्षर गरेका छन्। उनीहरु आफू पनि सर्वोच्च अदालतमा उपस्थित भएका छन्। 

 

एमालेका विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल निरादेवि जैरू, सरलाकुमारी यादव कल्याणी खड्का लक्ष्मी चौधरीले हस्ताक्षर गरेका छन्।

यस्तै, माधव नेपाल, भीम रावल, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडाले हस्ताक्षर गरेका हुन्।

नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराई, नेपाल-खनाल समूह र राष्ट्रिय जनमोर्चा गरी पाँच दलका सांसदहरु अदालत जान थालेका हुन्। कोभिड-१९ संक्रमणका कारण ५/५ जनाको समूहमा सांसदहरु अदालत गएका थिए।
 



ट्रेन्डिङ पोस्ट

Ncell