PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

सर्वोच्चमा सांसदहरुको ठेलमठेल लाइन : सनाखतका लागि लाग्यो भीड

सर्वोच्चमा सांसदहरुको ठेलमठेल लाइन : सनाखतका लागि लाग्यो भीड

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : केही दिन अघि अस्तव्यस्त हिसाबले खोप लगाउनेहरुको काठमाडौंका अस्पतालमा जस्तो लाइन देखिन्थ्यो आज सर्वोच्च अदालत परिसरमा त्यस्तै देखिएको छ।

प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त गर्नुपर्ने भन्दै सांसदहरु सर्वोच्च अदालत पुगेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सहित प्रधानमन्त्रीमा दावी गर्न आह्वान गरेपछि यही टोलीले १ सय ४९ जना सांसदको हस्ताक्षर सहित दावेदारी पेश गरेको थियो। तर, विपक्षी गठबन्धन भन्दा १५ मिनेट अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका सबै र जनता समाजवादी पार्टीका सबै सांसदको सूची सहित आफ्नो दावेदारी पेश गरेका थिए।

त्यसैलाई आधार मानेर राष्ट्रपति विद्यादेवी भण्डारीले दुवैको दावी 'अपूरो' भन्दै रोकिन्। लगत्तै उनले प्रधानमन्त्री ओलीको सिफारिसमा प्रतिनिधिसभा पुन विघटन गरिन् र नयाँ निर्वाचन मिति तय गरिन्।  

त्यसविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधवकुमार नेपाल समूह एक ठाउँमा उभिएका हुन्। 

आज सर्वोच्च अदालतमा पुगेर सनाखतका लागि उनीहरु भिडभाडसहित लाइनमा उभिएका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell