PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

गगन थापाले भने : प्रधानमन्त्री बेसुरको हुन थाल्नुभयो, उहाँ अभिव्यक्ति टिप्पणीलायक छैन



पहिलोपोस्ट

गगन थापाले भने : प्रधानमन्त्री बेसुरको हुन थाल्नुभयो, उहाँ अभिव्यक्ति टिप्पणीलायक छैन

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिब्यक्ति टिप्पणी गर्न समेत लायक नभएको बताएका छन्।

आज सर्वोच्च अदालतमा राष्ट्रपति र प्रधानमन्त्रीको संसद विघटन विरुद्ध रिट दायर गर्न पुगेका नेता थापाले यस्तो अभिव्यक्ति दिएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले 'नेपाली कांग्रेस माओवादीमा पथमा लागेको' आक्षेप लगाएका थिए। साथै कांग्रेस सभापति शेरबहादुर देउवाको राष्ट्रपति विद्यादेवी भण्डारीलाई गरेको सम्बोधनका विषयमा पनि प्रधानमन्त्री खनिएका थिए।

तिनै सन्दर्भका विषयमा बोल्दै सांसद थापाले प्रधानमन्त्री ओलीका पछिल्लो दुई दिनको अभिब्यक्तिलाई लिएर प्रधानमन्त्री बरालिएको टिप्पणी गरेका हुन्। 'प्रधानमन्त्री बेसुरको हुन थाल्नुभएको छ। प्रधानमन्त्रीले पछिल्लो समय गर्नु भएको अभिव्यक्तिले यो पुष्टि गर्छ। उहाँका अभिव्यक्ति टिप्पणी गर्न समेत लायक छैन।'

संसद विघटनविरुद्ध हस्ताक्षर संकलनको सबै प्रकृया पूरा गरेर विपक्षी मोर्चाका नेताहरु सर्वोच्च अदालतमा पुगेका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सर्वोच्च अदालतमा पुगेका थिए। उनीहरुले १ सय ४६ सांसदको हस्ताक्षर अदालतमा बुझाएका छन्।

नेता थापाले संविधान विरोधी र अंहकारी, गौर जिम्मेवार, अयोग्य र अहंकारी प्रधानमन्त्रीको कारण पटकपटक अदालत आउनुपरेको भन्दै त्यसलाई दुर्भाग्यपूर्ण भएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell